Logo बैशाख २९, २०७८ बुधबार


उपत्यकालगायत पहाडी भेगमा हुरीबताससहित असिनापानी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको अधिकांश भागमा हुरीबताससहित असिनापानी परेको छ । आज (शुक्रवार) अपरान्हपछि चट्याङ् र मेघ गर्जनसहित असिनापानी परेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु सक्रिय भएकाले वर्षासँगै असिना परेको हो। उपत्यकाबाहिरका विभिन्न पहाडी भूभागमा मौसम बदली रही धेरै भागमा हुरीबताससहित असिनापानी परेकाे छ ।

गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा वर्षात भइरहेको महाशाखाले जनाएको छ । अब तीन दिनसम्म दिउँसो पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार वर्षासँगै डढेलो र वायु प्रदूषणमा कमी आउनेछ। याे वर्षाले तापक्रम बढ्दै जाने र वायुप्रदुषण घट्दै जाने जाेशीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…