Logo बैशाख ३१, २०७८ शुक्रबार


‘जन्मदिनमा वृक्षाराेपण अभियान’मा सहकारीकाे साथ छ : अध्यक्ष पौड्याल

लमजुङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले पर्यावरण संरक्षणका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ जन्मदिनमा वृक्षरोपण अभियानको साथमा रहेको बताउनुभएको छ । पौडेलले राईनास नगरपालिका–८ नमूना बेसीस्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन उद्घाटन गर्दै जन्मदिनमा वृक्षारोपण अभियानमा सहकारीको सधैँ साथ रहने बताउनुभएको हो ।

भवन उद्घाटनसँगै पौड्यालले भवन परिसरमा आफ्नो र आफ्नी छोरी प्रत्युसा पौड्यालको एकैदिन परेकाे जन्मदिनको अवसरमा वृक्षरोपण गर्नुभयाे।

वृक्षरोपणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पाैड्यालले जन्मदिनमा वृक्षाराेपण अभियानले राखेकाे प्रकृति जोगाउने, वातावरण स्वच्छ राख्ने, असल र सभ्य संस्कार स्थापित गर्ने उद्देश्य अत्यन्तै महत्त्वपूर्ण रहेको जानकारी दिनुभयो । प्रकृतिको विनाश, वातावरण प्रदुषण बाँड्दै गएको अवस्थामा त्यसलाई न्यूनिकरणका लागि अभियानले ठूलो योगदान गर्न सक्ने उहाँको धारणा थियो ।

पर्यावरण बचाउने यो महान अभियान केन्द्रीय सहकारी संघ सधैँ अभियानको साथमा रहेर सहयोग गर्न तयार रहेकाे पाैड्यालले बताउनुभयाे । सकारात्मक सोच र पवित्र कार्यका माध्यमबाट समाजको रुपान्तरण, मुलुकको समृद्धि र अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश दिइरहेकाे अभियानले अगाडि सारेको मुद्दा र उद्देश्य प्राप्तिका लागि  हुने कठिनाइ र वाधा पन्छ्याउँदै अघि बढ्न जन्मदिनमा वृक्षाराेपण अभियानका सबै अभियन्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

लमजुङबाट सुरुवात भएर मुलुकका धेरै जिल्लाहरुमा मात्रै नभएर विदेशमा समेत फैलिएको यो महत्त्वपूर्ण अभियानमा आफू पनि सरिक भएर अभियानको एउटा सहयात्री बन्न पाएकोमा अत्यन्तै खुसी लागेको उहाँको भनाइ थियो । उहाँले सहकारीले भविष्यमा चाल्नुपर्ने कदमका बारेमा समेत जानकारी गराउनुभयो । प्रविधिमैत्री सहकारी आजको आवस्यकता रहेको स्पष्ट पार्नुभयो ।

चिती साहित्य समाजका अध्यक्ष एवं अभियन्ता स्थिर घिमिरेले आफ्नो रचनामार्फत प्रमुख अतिथिलाई जन्मदिनको शुभकामना र अभियानले पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गर्नुभयो ।

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश चन्द्र घिमिरेले सहकारी विगत र वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियोे । कार्यक्रममा विषेश अतिथि वाग्मती प्रदेश रजिस्ट्रार ठाकुर बास्तोला, जिल्ला बचत संघ लमजुङका अध्यक्ष दुर्गाभक्त धमला, जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङ, सर्वोदय सेवाश्रमका संरक्षक कृष्णराज ओलिया लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

जन्मदिनमा वृक्षरोपण अभियान समितिका अध्यक्ष एवं अभियान्ता बासुदेव सेढाईले अभियानको बारेमा जानकारी गराउनुभयो । वातावरणमा स्वच्छता कायम गर्नका लागि शुरू गरिएकाे अभियानले सफलता पाउँदै गएकाेमा खुसी व्यक्त गर्दै अभियान्ता सेढाईले भन्नुभयाे, ‘पर्यावरण स्वच्छ बनाउनका लागि हामीले लमजुङबाट शुरू गरेकाे याे अभियान देशभरका धेरै जिल्लामा फैलिने क्रम जारी छ, अभियान थप परिस्कृत गर्दै अगाडि बढ्न व्यक्तिदेखि सबै संघ संस्थाकाे साथ आवश्यक छ ।’ उहाँले भन्नुभयाे, ‘प्रकृतिलाई योगदान दिने उद्देश्यले सुरुवात गरिएको यो अभियान हामी सबैको साझा अभियान हो, राज्यले पनि साथ दियो भने नेपालबाहिर पनि यो अभियान सञ्चालन गर्न सहयोग पुग्याे।’  अभियान सञ्चालन सहकार्यका लागि गण्डकी सरकारसँग कुरा भइरहेकाे उहाँकाे भनाइ छ ।

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेशचन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य राईनास कार्यपालिका सदस्य विष्णुमाया धिताल र सहजिकरण उपाध्यक्ष कमला श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…