Logo बैशाख ३०, २०७८ बिहीबार


एमालेका चार सांसदद्वारा फ्लाेर क्रस गरी मतदान, जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । मुख्यमन्त्री शाहीले माग्नुभएको विश्वासको मतमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार सांसदले फ्लोर क्रस गरेर मत दिएपछि मुख्यमन्त्री पद जोगिएको हो ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको थियो।

प्रस्तावको विपक्षमा १५ मत परेको बताइएको छ । मतदानमा प्रदेशसभाका ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए।

शाहीको पक्षमा मदतान गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सांसद थिए । एमालेबाट फ्लोर क्रस गरी मतदान गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…