Logo जेठ २, २०७८ आइतबार


अधिकृतको छड्के चेकमा परेका गाउँपालिकाका १९ कर्मचारीलाई कारबाही

ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारबाही गर्ने भएको छ ।

गत चैतको पहिलो सातादेखि यही वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारबाहीमा तानिएको बताइएको छ ।

कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौँ तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित भएको नपाइएकाले निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिएको हो ।” पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानून बमोजिम कारवाही गरिने आङ्देम्बेले जानकारी दिनुभयो ।

कार्यालयमा कार्यरत कर्मचारीले पटकपटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा कार्यपालिको बैठकले निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…