Logo बैशाख ३०, २०७८ बिहीबार


महिलाको हत्या गरी अंग बेच्ने ६ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने गिरोहका ६ जना प्रकाउ परेका छन ।

मानिसको औँला ल्याएमा प्रति औँला ८० लाखसम्म विक्री हुने भन्ने भ्रमपूर्ण हल्ला विश्वास गरी संगठित गिरोहले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ मनहपुर आफ्नो माइती बस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उक्त गिरोहले मृतक दर्जीलाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका–३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औँलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए ।

प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका– २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका वर्ष ६७ को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ वर्षीय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…