Logo जेठ ३, २०७८ सोमबार


कविता : नसोध मेरो नाम

–देवी काफ्ले

मलाई नसोध मेरो नाम
म उही हूँ, म उही ह
जो फूल जसरी फक्रन चाहान्थें
सुगन्ध सरी बास्ना छर्न चाहान्थें
हावा सरी बहन चाहान्थें
खुला आकाशमा पंख फिँजाएर उड्न चाहान्थें
खहरे जस्तै गडगडाउन चाहान्थें
सागर जस्तै निर्मल कञ्चन रहन चाहान्थें
मलाई नसोध मेरो नाम ।

शरीरमा गहिरा चोट छन्
रगतमा लतपतिएकी छु
चिच्याउँछु, कराउँछु र रुन्छु
तर मेरो आवाज गुम हुन्छ
शरीर पत्थर बनेको छ
आँखामा खुन तैरेको छ
ओंठ बेजुवान बनेको छ
मुर्दा सरी लट्केको शरीर
पापीले लुछिरहेको छ ।

भगवान मेरो क्रन्दनमा
मौन बसेर रमिता हेरिरहेका थिए
म रौद्ररुपमा उत्रन सक्दिनँ
मेरो क्रोध निस्तेज भयो
ओइलिएको फुलसरी
ओइलिएँ,थाकें,गलें
चित्कार दमित भयो ।

अब कति लुच्छस् ए पापी
मेरो जाने बेला भयो
उ त्यो क्षितिजमा पुग्छु
त्यहाँ त बलात्कार गर्ने कोहि हुँदैन,
अनि म शान्तिले सास लिन्छु
अब केही बेर मात्र–हो, केही बेर ।
मेरो नाम किन भनूँ
सुन्न चाहान्छौ भने भन्छु
हो म त्यहि हूँ जसलाई तैंले मन्दिरभित्र
भगवानको सामुन्ने जुत्ताले कुल्चिरहेको थिईस्
हो म उहीँ हूँ
जसलाई ढुंगाको खोंचमा
बेदर्दी मुट्ठीले घाँटी कसिरहेको थिईस्
हो म त्यही छोरी हूँ
जुन कोपिलाबाट फक्रन नपाएकी छोरी
आमाबाको काखमा लुट्पुटिन आतुर
सानी प्यारी परी ।

न परी बनेर बाबाको काखमा
खेल्न पाएँ
न आमाको छातीमा शिर टेकाएर
टाँसिन पाएँ
हो, म त्यहि छोरी हूँ ।
बालापनका रहरको पोटली
छताछुल्ल पारिएकी निरीह छोरी ।
मसानघाटमा त मेरो
बलात्कार हुदैन नि है बाबा
आकाशमा बादलले त मेरो
बलात्कार गर्दैन नि है आमा ?
स्वर्गमा भगवान बस्छन् अरे
ती चुपचाप बसेका भगवानले
धर्तिमा मेरो संरक्षण गरेनन्
स्वर्गमा मलाई घृणा त गर्दैनन् नि आमा !
छोरी म पुरुषको कामुकता पोख्ने
अंग लिएर जन्मेकी
पुरुषलाई उन्माद गराउने
अंग लिएर जन्मेकी
पुरुष जातिको अस्तित्वको ठेक्का बोकेकी
तर, मैले बालापनबाट उकालो लाग्नै नपाउने ?

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…