Logo बैशाख ३०, २०७८ बिहीबार


पुष्प अधिकारीका गजलहरु

– पुष्प अधिकारी अञ्जलि

गजल, एक

बन्धकीमा मैले भए जतिको जमिन राखेर
अग्लो घर बनाउँदैछु दुबैतिर दलिन राखेर ।

हत्केलामा भाग्य र निधारमा कर्म भएपछि
केही हुँदैन यी शत्रुले छातीमा संगीन राखेर ।

आमाले रोग होइन मनसँग हार खाइसक्नु भो
कसरी सकिएला अस्पतालमा हरदिन राखेर ?

बाँच्न सक्नुपर्छ बद्लिएको विश्व हेर्नलाई त
देख्न पाइन्छ संसार आँखामाथि दुर्विन राखेर ।

बनाउनेले त मेरो दिल अचानो बनाएका छन्
थाहै नदिई यो मुटुमा मायाको मेसिन राखेर ।

गजल, दुई

तपाई त छिन छिनमा उखान टुक्का फेर्नुहुन्छ
गफै गफमा तपाई त यो देश दुनियाँ फेर्नुहुन्छ ।

सिटामोलको अभावमा मरिररहेछ कर्णाली
देशको ढुकुटीबाट तपाई त मृगौला फेर्नुहुन्छ ।

हरेकदिन नागरिकहरु भोकै सुत्छ्न् सडकमा
बडामहारानी यहाँ करौडौंको गलैंचा फेर्नुहुन्छ ।

यहाँ हरेक दिन देशको भूगोल हराइरहेको छ
तपाई भने आफ्नो जिन्दगीको नक्शा फेर्नुहुन्छ ।

देख्लान् कि भ्रष्टहरुको अनुहार भनेर हरेकदिन
देश बेच्ने न्यायधिसहरु कालो चश्मा फेर्नुहुन्छ ।

गजल, तीन

देखेर बहुत गम्भीर छु म यो मान्छेको जिन्दगी
यस्तो लाग्दैछ आफ्नो पनि भत्केको जिन्दगी ।

मैले पनि बल्ल बुझें मित्र यो दुनियाँको औकात
हुँदैन रहेछ हुँदैन, कसैले पनि सोचेको जिन्दगी ।

कति छुटेका होलान् पैतालाबाट यी सफरहरु
एक दिन सकिनेछ दुश्मनले टेकेको यो जिन्दगी ।

यही सोचेर आँखामा तिम्रो याद राखेको थिएँ
तर याद गरिनौ तिमीले मैले भोगेको जिन्दगी ।

ओहोर–दोहोर गरिरह्यो यही बाटो पटक–पटक
बोकेर एउटा मान्छे आफैले बिर्सेको जिन्दगी ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…