Logo बैशाख ३०, २०७८ बिहीबार


बाँकेमा बस र ट्रिपर जुध्दा ५ जनाकाे मृत्यु, ३४ घाइते

बाँके । बाँकेको कोहलपुरमा सवारी दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । काेहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हाे । बसमा सवार सबै यात्रु घाइते भएका छन् । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाएकाे  प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूकाे नेेेपालगञ्ज अस्पतालमा उपचार भैरहेकाेे छ ।दुर्घटनामा टिपरका सहचालक बाँके नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाँठा, सोही ठाउँका टिपर चालक २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साताखानी ७ बस्ने वर्ष ४१ का जीवनकुमार बिक, झापा मेचीनगर-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल र नाम थर नखुलेकी अन्दाजी ३०-३५ वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…