Logo जेठ २, २०७८ आइतबार


‘समस्या खडा गर्ने नेतृत्वले झट्का व्यहोर्नुपर्छ’

काठमाडौैं । नेकपा (एमाले) का नेता तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले पार्टीमा समस्या खडा गर्ने नेतृत्वले बेला बेला विभिन्न खालका झट्का व्यहोर्नुपर्ने बताउनुभएको छ । ज्वालाले नेकपा (एमाले) को आन्तरिक जिवनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निरन्तरका गलत कदमहरुले समस्या बढिरहेको संकेत गर्दै यस्तो बताउनुभएको हो ।

पार्टीको मूल नेतृत्वले पार्टीलाई मिलाउने र समस्या व्यवस्थापन गर्ने काम गर्नुपर्छ भन्ने कुराको सन्देश दिन कर्णाली प्रदेश सभामा ‘फ्लोर क्रस’ गरिएको ज्वालाले प्रष्ट पार्नुभयो । एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरेपछि ओली पक्षले आफ्नो नेतृत्वमा सरकार बन्न नसकेको भन्दै त्यसको आरोप ज्वालामाथि लगाएको छ । ज्वालाले भने आफूहरु वृहत् वाम एकताको पक्षमा भएको तर पार्टीको मूल नेतृत्वले कम्युनिष्ट आन्दोलन नै विभाजन गर्ने प्रयास गरिरहेकाले त्यसलाई रोक्न, दबाब दिन र एकताको विकल्प नभएको संकेत गर्न यस्तो कठोर कदम चाल्नुपरेको बताउनुभयो ।

अब त तपाइँहरुको सांसद पद त जाने भयो नि ? भन्ने प्रश्नमा ज्वालाको भनाइ छ , ‘मदन भण्डारीले नै हामीलाई भन्नुभएजस्तो जीवनकै राजीनामा दिन पनि तयार छौं। सांसद पद जाने हाम्रा निम्ति ठूलो कुरा भएन’ उहाँले भन्नुभयो, ‘हामीले जनताको निम्ति काम गरेका छौं। जनताको पक्षमा काम गरेका छौं। भोलि फेरि जनताको बीचमा जाँदा अनुमोदित हुन्छौं। अहिले सांसद पद जानेसित हामी डराएका छैनौ।’

आफूहरुले चालेको कदमबारे केन्द्रीय नेताहरुसँग सल्लाह लिएको तर यस्तो गरिहाल्न निर्देशन नभएको ज्वालाको प्रष्टोक्ती छ । ‘यो गलत चिन्तन र प्रवृत्तिविरुद्धको एक स्वभाविक विद्रोह हो’ उहाँले प्रष्ट पार्नुभयो । उहाँले सरकारमा सहभागी हुने लोभमा यस्तो कदम नचालिएको पनि उल्लेख गर्नुभयो ।‘हामीले सरकारमा सहभागि हुनेबारे केही सोचेका छैनौं । त्यसमा हाम्रो छलफल पनि भएको छैन । हामीले त एउटा कठोर ‘पोलिटिकल डिसिजन’ गर्‍यौं। अरू कुरा छलफल हुँदै गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…