Logo बैशाख ३०, २०७८ बिहीबार


ओलीको गृह जिल्लामा खनाल -नेपाल समुहले गर्‍यो एमाले पुनर्गठन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको छ ।

शुक्रबार झापाको विर्तामोडमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट यो समूहले नेकपा एमालेको नयाँ जिल्ला कमिटी घोषणा गरेको हो । भेलाले झापाका पाका नेता वेदराज रेग्मीको अध्यक्षतामा ३५० सदस्यीय नेकपा एमाले झापा जिल्ला कमिटी घोषणा गरेको छ । भेलाबाट कमिटीको उपाध्यक्षमा चन्द्रमाया श्रेष्ठ, सचिव निलमणि बराल र उपसचिवमा मणि भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।

भेलामा केन्द्रीय नेता माधवकुमार नेपाल, घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रबिन कोईराला, नरेश खरेल लगायतको उपस्थिति र सम्बोधन रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…