Logo जेठ ३, २०७८ सोमबार


‘पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ’

काठमाडाैं । नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताउनुभएको छ । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमै बढ्दै गएको र हिन्दूकुश हिमालय क्षेत्रमा अझ बढी जटिलरुपीमा देखिएकाले यस क्षेत्रका राष्ट्रहरुबीच सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो । पर्यटकप्रति नेपाली जनताले देखाउने आतिथ्यता र आत्मियता निकै लोभलाग्दो रहेको बताउँदै राजदूत भानेले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने धारणा राख्नुभयो ।

हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा सरकारी निकाय तथा हिमालयन उद्धार सङ्घलगायतका संस्थाहरुको भूमिका निकै प्रशंसनीय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन मेरो प्रयास रहने छ ।’’ पहिलोपटक आफ्नो छोटो नेपाल भ्रमणका क्रममा काठमाडौँका स्वयम्भू, बौद्धनाथ र बसन्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमणबाट निकै प्रभावित भएको र छिटै सपरिवार आई नेपालको भ्रमण गर्ने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपाल भ्रमणमा आएका टेनमार्कका पर्यटन र यहाँ वसोवास गरेका डेनिस नागरिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले डेनमार्कमा रहेका नेपाली नागरिकको सुरक्षामा पनि डेनिस सरकारले उच्च सर्तकता अपनाएको पनि उल्लेख गर्नुभयो ।

दुई देशबीच लामो घनिष्ट सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताउँदै लोकतन्त्र र मानवअधिकारको पक्षमा डेनमार्कको नेपाल सरकारलाई निरन्तर सहयोग रहनेछ भन्नुभयो । आफूले हिजो ओदोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीका विचारप्रति आफू निकै प्रभावित भएको पनि उहाँले बताउनुभयो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको कुराकानीमा पनि दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने विषयमा छलफल भएको बताउनुभयो ।

नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…