Logo बैशाख ३१, २०७८ शुक्रबार


भारतमा एकैदिन १,३४१ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भारतमा एकैदिन एक हजार तीन सय ४१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक हजार तीन सय ४१ जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ७५ हजार ६ सय ४९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६ सय ९२ कोरोना संक्रमित थपिएका छन् । भारतमा हरेक दिन दैनिक संक्रमित हुनेको संख्या उच्च भएको रेकर्ड बन्दै आएको छ । यसअघि शुक्रबार भारतमा दुई लाख १७ हजार तीन सय ५३ नयाँ संक्रमित थपिएका थिए ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ४५ लाख २६ हजार ६ सय ९ पुगेको छ ।

हाल भारतमा १६ लाख ७९ हजार सात सय ४० सक्रिय संक्रमित छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका एक लाख २३ हजार तीन सय ५४ लगायत जम्मा एक करोड २६ लाख ७१ हजार दुई सय २० संक्रमणमुक्त भइसकेका छन् । भारतमा हालसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ ले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…