Logo जेठ १, २०७८ शनिबार


‘सर्वदलीय बैठक’ मा प्रधानमन्त्री ओलीको गुनासो– सभामुखले काम गर्न दिएन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नि सापकोटाका कारण सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभएको छ ।

शनिबार बालुवाटारमा डाकिएको ‘सर्वदलीय बैठक’ मा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले आफूलाई काम गर्न नदिएको बताउँदै आक्रोश पोख्नुभएको हो ।
सभामुख सापकोटाले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउदै प्रधानमन्त्री ओलीले सभामुखकै कारण संसदमा एमसिसी पेश गर्न नसकिएको बताउनुभयो ।

बैठकमा सहभागी दलका नेताहरुले भने आफूलाई राजनीतिक अनुभव भएको मान्छे भन्ने प्रधानमन्त्री ओली आफैंले राजनीतिक अवरोध हटाएर देखाउन सुझाव दिएका थिए । सभामुखसँग सम्बन्ध कसरी सुधार गर्ने भन्ने विषय पनि ओली आफैंले टुंगो लगाउनुपर्ने सहभागी नेताहरुको धारणा थियो ।

बैठकमा ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने र कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा जानकारी दिनुभएको थियो । सर्वदलीय भनिएको बैठकमा माओवादी केन्द्र, नेकपा एमाले नेपाल–खनाल समूह र जसपाका नेताहरू भने अनुपस्थित थिए ।

प्रमुख प्रतिपक्षी दलको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत सहभागी थिए । बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छोटो धारणा राख्न्ुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…