Logo बैशाख २८, २०७८ मंगलबार


काठमाडौं–तराई द्रुतमार्ग समयमै पूरा हुनेमा दुई मत

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौं–तराई दु्रत मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् ।

संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो । संसदीय अनुगमनमा पुग्नु भएका सांसदहरुले विकास निर्माणका ठूला आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्ने रोग काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरे ।

स्थलगत अध्ययन गर्न पुगेका समिति सदस्यहरुबीच आयोजना समयमै सम्पन्न हुनेमा दुईमत देखियो । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपूर्ण र ठूला कामहरु बाँकी नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे भने अर्थ समितिका सदस्यहरुले समयमै आयोजना सम्पन्न हुनेमा ढुक्क रहन आग्रह नै गरे ।

विकास समिति अन्तर्गत गठित द्रुतमार्ग अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडीले २०८१ सालको कार्तिक मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाको अहिलेको अवस्था हेर्दा समय मै सम्पन्न हुन नसक्ने देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले अहिले भईरहेको काम र बाँकी कामलाई हेर्दा नेपाली सेनाले नै आयोजनाको सम्पूर्ण काम गर्न सक्छ कि सक्दैन भन्ने चुनौति पनि देखिएको बताउनुभयो । उहाँले आयोजनाको महत्वपूर्ण र जटिल कार्य मध्ये सुरुङमार्ग, अग्ला र ठूला पुल निर्माण गर्नुपर्ने कुराहरु बाँकी नै रहेको र त्यसका लागि ठेक्का प्रक्रिया पनि नभईसकेकाले बाँकी अवधिमा निर्माण सम्पन्न हुनेमा शंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०८१ को कात्तिक मसान्त भित्रै सम्पन्न हुने कुरामा चाहिँ केही चुनौतिहरु छन् । ११ वटा प्याकेज मध्ये २ वटा प्याकेजको मात्रै ठेक्का निस्केको छ । निर्माण व्यवसायी छनौट भएर ठेक्का हाल्ने काम भएको छ तर त्यसको अन्तिम टुंगो लागेको छैन । अरु ९ वटा प्याकेजको त ठेक्का नै निस्केको छैन । जति काम भएका छन्, यसमा ठूला ठूला कामहरु खास भएका छैनन् । ८७ वटा पुलहरु निर्माण गर्नुपर्छ । नेपालमा अहिलेसम्म नबनेका धेरै अग्ला पुलहरु, ७५ मिटर अग्ला पुलहरु यो आयोजनामा निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले टेक्निकल हिसाबले पनि केही चुनौतिहरु छन् । नेपालमा पहिलोचोटी हामीले सुरुङमार्ग निर्माण गर्दैछौ । ३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।’

नेपालमा आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबैभन्दा ठूलो चुनौति जग्गा व्यवस्थापन रहेको भन्दै उहाँले समयमै जग्गा व्यवस्थापन गर्न नसक्ने, मुआब्जाको समस्या लगायत समस्या समाधानका लागि पनि सुरुङमार्गमा जानुपर्ने भएकाले सो प्रविधिलाई भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

अनुगमनमा गएका अर्थ समितिका सभापति तथा समिति सदस्यहरुले भने आयोजना निर्माण समयमै सम्पन्न हुने बताए । उनीहरुले दु्रतमार्ग निर्माण प्रक्रियामा राजनीतिक खिचातानीको प्रभाव पर्न दिन नहुने बताएका थिए । निर्माणमा संलग्न नेपाली सेना तथा अन्य निर्माण कम्पनीलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने उनीहरुको तर्क थियो । अर्थ समिति सदस्य विनोद चौधरीले आयोजना निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘४४ किलोमिटर सडक बनिसकेको रहेछ । २० किलोमिटर ब्लाकटपिङ गर्न सकिने अवस्थामा पुगिसकेको रहेछ । ३ वटा टनेल र करिब करिब ७ किलोमिटर लामो टनेल र बाँकी भएको ११ किलोमिटर । यसलाई अघि बढाउनका लाागि जुन कसरत भईरहेको छ । सकेसम्म छिटो टुंगियोस् । फेरि कुनै राजनीतिक खिचातानीको सिकार नबनोस् । आर्मीले आफ्नो तर्फबाट गर्नुपर्ने पूर्वाधार चटक्क पारेर राखिदिएको छ । राज्यले मेलम्चीको लेसनलाई अगाडि राखेर बहुत ठूलो रिसर्च गर्नुपर्ने छ । विकासको यात्रामा किन पछि परिरहेका रहेछौ हामी ? ४ वर्षमा हुनुपर्ने काम हामी ३० वर्षमा सकाउन सक्दा रहेनछौ । के हामी विकासलाई प्राथमिकता दिएका रहेछौ त ?’

उहाँले विकास निर्माणका काम समयमै सम्पन्न हुन नसक्नुको कारण बारे सरोकारवाला निकायहरुले संयुक्त रुपमा अनुसन्धान गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …