Logo बैशाख ३१, २०७८ शुक्रबार


त्रिकोणात्मक टी–२० : नेपाललाई १ सय ३६ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङको पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

नेदरल्यान्ड्सले ११ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । उस्का ओपनर म्याक्स ओ डाउड ब्याक्तिगत १० रनमा टिमको स्कोर १२ रन हुदाँ सन्दिप लामिछानेको सिकार भएका थिए । सन्दिपले उनलाई आफ्नो पहिलो ओभरको तथा टिमको तेस्रो ओभरको अन्तिम बलमा एलभीडब्यू आउट गरेका थिए । सोमपाल कामीले बेन कुपरलाई गोल्डेन डकआउट पार्दा नेदरल्यान्ड्सले बोर्डमा मात्र १२ रन जोड्न सक्यो ।

तेस्रो विकेटका लागी स्कट एडवर्ड्स र बास डि लीडेले ६८ बलमा ६१ रनको साझेदारी गरेका थिए । १३ ओभर ५ बलमा डेब्यू खेलाडी सहाब आलमले एडवर्ड्सलाई ब्याक्तित ३० रनका मैदान बाहिर पठाउदाँ नेदरल्यान्ड्सले ७३ रन जोडिसकेको थियो ।

त्यस पछि नेदरल्यान्ड्सको स्कोर ९९ रन हुदा लीडे आउट भए । लीडेलाई सन्दिपले आफ्नो स्पेलको अन्तिम बलमा कुशल मुर्तेलको हातबाट क्याच ओट गराए । लीडे नेदरल्यान्ड्सका लागी सर्वाधिक ४१ रनको पारी खेलेका थिए । उनले ४९ बलमा २ चौका र २ छक्का सकित ४१ रनको योगदान दिएका थिए ।

पाँचौ विकेटका लागी कप्तान पिटर सीलार र एन्टोनियस स्टालले अविजित ३५ रनको महत्वपुर्ण साझेदारी गरे । सीलार २२ रन र स्टाल २० रनमा अविजित रहे ।

नेपालको बलिङमा सन्दिपले सर्वाधिक २ विकेट हात पारे । उनले ४ ओभरमा २२ रन खर्च गरेरका थिए । त्यस्तै सोमपाल र सहावले १–१ विकेट बाडे । सोमपालले मात्र १३ रन खर्च गर्दा केही महंगो सावित भएका सहावले ४ ओभरमा ४५ रन खर्च गरे ।

२२ रन खर्च गरेका करण र २५ रन खर्च गरेका अभिनास विकेट विहिन रहे । पाँच बलर मात्र प्रयोग गरेको नेजालका सकै बलरले आफ्नो ४ ओभरको कोटा पुरा गरे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…