Logo जेठ ३, २०७८ सोमबार


२५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन, कीर्तिपुरमा क्रिकेटका दर्शक खचाखच

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन अपील गरिरहेको छ ।

एउटै कक्षामा धेरै विद्यार्थीहरु हुने भएकोले विद्यालयहरु कोरोनाको हब बन्नसक्ने आशंकामा बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिइसकेको अवस्था छ । उता राति नौ बजेपछि रात्रीकालीन सबै व्यवसाय गर्न सरकारले रोक लगाएको छ । यस्तै एकैठाउँमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निर्णय पनि सरकारले गरेको छ ।

तर सरकारको निर्णय कार्यान्वयनमा भने उदासीनता देखिएको छ । स्थानीयबाट विरोध हुने आशंकामा भक्तपुरको सांस्कृतिक जात्रा बिस्का सञ्चालन गर्न दिएको सरकारले शनिबारदेखि त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज पनि शुरु गर्न दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको घरेलु टिम नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएपनि नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको हो ।

सरकारले कोरोना संक्रमण बढी देखिएका १४ जिल्लामा भिडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेपनि नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको टी–२० सिरिजको खेल हेर्न हजारौंको संख्यामा दर्शकहरु मैदानमै पुगेका हुन् । खेल हेर्नका लागि १५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…