Logo बैशाख ३०, २०७८ बिहीबार


लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ

उदयपुर । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागूऔषधसहित पक्राउ परेका हुन् ।

यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागूऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मागेको थियो । छापा मार्दा लागूऔषध फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै नगद एक लाख १७ हजार र एक मोबाइलसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…