Logo बैशाख २८, २०७८ मंगलबार


लेखक संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’

काठमाडौं। प्रगतिशील लेखक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ‘पहिचान सम्मान’ बाट सम्मानित हुनुभएकाे छ। उहाँलाई ‘पहिचान पुरस्कार’ कोषले यो सम्मान प्रदान गरेको हो।

लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त सम्मान प्रदान गरिएको हो । नरेश काङमाङ, रामकुमारी झाँक्री, अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा वैरागी काइला उपस्थित नभए पनि उहाँले अडियो सम्बोधन गर्दै संग्रौलाकाे व्यक्तित्वबारे बाेल्नुभएकाे थियाे ।

लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलालाई सम्मान गरिएको कोषले जनाएको छ।

२०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष ‘पहिचान पुरस्कार’ र पाँचौँ वर्ष ‘पहिचान सम्मान’ अर्पण गरिने जनाएको छ।

यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ। संग्रौलालाई प्रदान गरिएको ‘सम्मान’ हो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …