Logo बैशाख ३१, २०७८ शुक्रबार


वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्न सीसीएमसीकाे सिफारिस

काठमाडौं । शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज (शनिवार) बसेको बैठकले विद्यालयहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

कृषिमन्त्री पद्मा अर्यालका अनुसार शहरी क्षेत्रबाहेकका विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने प्रदेश सरकार र स्थानीय तहले निर्धारण गर्नेछन् ।
पछिल्लो समय कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने तयारी गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । मापदण्डबारे प्रस्ताव पेश भइसकेको र आवश्यक छलफल र परिमार्जन गरी लागू गरिने उहाँको भनाइ छ ।

गत दुई सातादेखि विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिन थालेपछि विद्यालय बन्द गर्नुपर्ने माग उठ्न थालेकाे थियाे, जस अनुसार सरकार र सीसीएमसीले यसबारेमा आवश्यक निर्णय लिन लागेको हो ।

पछिल्लो समय जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले ३० दिन विद्यालय बन्द गर्नुपर्ने बताउँदै आएको थियाे ।

सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषदले निर्णय गरेपछि लागु हुनेछ

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…