Logo जेठ २, २०७८ आइतबार


कर्णालीका तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका तीन सांसदलाई पार्टीबाट निष्काशन गरेको छ । शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ देखि लागू हुनेगरी तीन सदस्यलाई पार्टीको साधारण सदस्य पनि नरहनेगरी निष्काशन गर्ने निर्णय गरेको हो ।

निष्कासित हुनेमा प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाही रहेका छन् । पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहनुभएका प्रकाश ज्वालालाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।

शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…