Logo बैशाख २८, २०७८ मंगलबार


जनता समाचारमा शनिवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा शनिवार प्रकाशित समाचारका मुख्य अंशहरू :

१.नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका तीन सांसदलाई पार्टीबाट निष्काशन गरेको छ । शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ देखि लागू हुनेगरी तीन सदस्यलाई पार्टीको साधारण सदस्य पनि नरहनेगरी निष्काशन गर्ने निर्णय गरेको हो ।

२.शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज (शनिवार) बसेको बैठकले विद्यालयहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार शहरी क्षेत्रबाहेकका विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने प्रदेश सरकार र स्थानीय तहले निर्धारण गर्नेछन् ।

३.नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन अपील गरिरहेको छ । एउटै कक्षामा धेरै विद्यार्थीहरु हुने भएकोले विद्यालयहरु कोरोनाको हब बन्नसक्ने आशंकामा बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिइसकेको अवस्था छ । उता राति नौ बजेपछि रात्रीकालीन सबै व्यवसाय गर्न सरकारले रोक लगाएको छ । यस्तै एकैठाउँमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निर्णय पनि सरकारले गरेको छ ।

४.प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौं–तराई दु्रत मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् ।

५.नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले शनिबार बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको हो ।

६.प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौं–तराई दु्रत मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् ।

७. तनहूँसुर मेलाको तयारी पूरा भएको छ । पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा हुन लागेको पर्यटन सम्पदा तथा वातावरण मेलाको तयारी पूरा भएको हो । तनहूँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आइतबार र सोमबार हुने मेलाको तयारी पूरा भएको गरिएको आयोजकले जनाएको छ ।

८. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।झापाबाट शनिवार विहान काठमाडौं फर्कनुभएका नेता नेपाल र अध्यक्ष दाहालबीच विहान साढे ९ बजे कोटेश्वरस्थित एक व्यापारीको घरमा भेट भएको बताइएको छ । शुक्रबार माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारको समर्थनमा एमालेका खनाल–नेपाल पक्षका चार सांसदले मतदान गरेका थिए ।

९.सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा एमसीसीबारे सदनमा छलफल गर्न कांग्रेसले माग रोखको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले सर्वदलीय बैठकमा एमसीसीको बारेमा आपत्तिजनक केही नभएको र सदनमा छलफल गर्नुपर्ने माग राखेको जानकारी दिनुभयो ।

१०.प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नि सापकोटाका कारण सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभएको छ । शनिबार बालुवाटारमा डाकिएको ‘सर्वदलीय बैठक’ मा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले आफूलाई काम गर्न नदिएको बताउँदै आक्रोश पोख्नुभएको हो ।

११.बागमती सफाइ महाअभियानको ४१४ औँ हप्ताको सफाइ बागमती र रुद्रमती नदीको दोभान क्षेत्रमा गरिएको छ । काठमाडौं महानगरपालिका–११ का जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियतामा गरिएको सफाइबाट नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

१२.भारतमा एकैदिन एक हजार तीन सय ४१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक हजार तीन सय ४१ जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ७५ हजार ६ सय ४९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६ सय ९२ कोरोना संक्रमित थपिएका छन् ।

१३.नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताउनुभएको छ । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

१४.भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

१५. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको छ । शुक्रबार झापाको विर्तामोडमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट यो समूहले नेकपा एमालेको नयाँ जिल्ला कमिटी घोषणा गरेको हो । भेलाले झापाका पाका नेता वेदराज रेग्मीको अध्यक्षतामा ३५० सदस्यीय नेकपा एमाले झापा जिल्ला कमिटी घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …