Logo बैशाख ३०, २०७८ बिहीबार


पाथीभरा दर्शनमा गएका बालकको मृत्यु

ताप्लेजुङ । पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार मृत्यु भएको हो ।

अभिभावकले आफ्ना बालक (बच्चा) लाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो ।

यता जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि शव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।

विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पाथीभरा धाम तीन हजार ७ सय ९४ मिटरको उचाइमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…