Logo बैशाख २७, २०७८ सोमबार


जसपामा दुई धार छुट्टिँदै, सांसदको हिसाब-किताब शुरु

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक ध्रुविकरण करण शुरु भएको छ । खासगरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपामा दुई स्पष्ट धार देखा परेका छन् ।

पार्टीमा विवाद उत्कर्षमा पुग्दै जाँदा दुवै पक्षले आफ्नो पक्षमा लाग्ने सांसदको हिसाब किताब गर्न थालेका छन् । प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् । २ सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेकोले हाल ३२ जना बाँकी छन् । जनता समाजवादी पार्टीको एकता अघिको राष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र तत्कालिन समाजवादी पार्टीबाट निर्वाचित १६ जना सांसद संघीय संसदमा छन्। पार्टीभित्र विवाद चुलिँदै जाँदा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका नेता उपेन्द्र यादवलाई र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका नेता महन्थ ठाकुरलाई साथ दिने देखिएको छ ।

जसपामा प्रधानमन्त्री केपी शर्माओली र उनको सरकारसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले गर्दै आउनुभएको छ । त्यस्तै, कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गर्नुभएको छ । पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादव, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव र लिला सिटौलालगायतले यादवलाई साथ दिएका छन्।

जसपामा रेणु यादव, इस्तियाक राई र प्रदीप यादवलगायतका केही सांसदको छुट्टै समूह पनि सक्रिय रहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसमाजवादी पार्टीका नेताहरुको समूह भएपनि यि नेताहरु उपेन्द्र यादवको पक्षमा खुलिसकेका छैनन् । राईले आफू पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा उभिएको बताउने गरेका छन् ।

पूर्वसमाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया, रुहीनाज र विमल श्रीवास्तवले पनि पार्टीका माग पूरा गरे ओलीसँग मिल्न सकिने धारणा राख्ने गरेका छन् । पूर्वसमाजवादीका समानुपातिक सांसद रेनुका गुरुङ नेता अशोक राईसँग निकट भएकाले उनले यादवलाई साथ दिने देखिन्छ । यसरी जसपाभित्रको अंकगणित हेर्दा पूर्वराजपाका १६ सांसदमध्ये १५ जना ठाकुरलाई साथ दिन तयार भएको देखिन्छ । सांसद नरमाया ढकालले आफू ठाकुरको पक्षमा रहेको सार्वजनिक रुपमै बताएकी छन् ।

जसपाका एक नेताले बताए अनुसार पार्टीभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगिसकेको छ । कतिसम्म भने प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादव जाँदैनन् र कांग्रेस र माओवादीसँगको छलफलमा जान ठाकुर र अर्का नेता राजेन्द्र महतो रुचाउँदैनन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ भन्ने स्पष्ट लाइनमा भट्टराई र यादव उभिएका छन्। तर ठाकुर र महतो ओली सरकारले माग पुरा गर्ने देखिएकाले सरकारविरुद्ध उभिन नसकिने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …