Logo बैशाख ३०, २०७८ बिहीबार


भारतीय बजार जान नेपालीलाई रोक

काठमाडौं । शनिबार जनतासमाचार डट्कम मा सबै प्रदेशको नेतृत्व फेर्न खनाल-नेपाल समूह निर्णायक, वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्न सीसीएमसीको सिफारिस, ‘समस्या खडा गर्ने नेतृत्वले झट्का व्यहोर्नुपर्छ’ र कोहलपुर दुर्घटनाका मृतक ५ को सनाखत लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए।

आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरुले एमसीसीको पक्षमा कांग्रेस, दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन र सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको कान्तिपुर दैनिक ले ‘एमसीसी अनुमोदन गराइछाड्ने कसरत’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने कसरत जारी राखेका उल्लेख छ ।

त्यसैगरी पत्रिकाले ‘वैशाखभरि भर्चुअल कक्षा सिफारिस’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको । समाचारअनुसार कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको समाचारमा छापिएको छ । सिफारिसलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरे अब चालु महिनाभरि अतिप्रभावित जिल्लाका शैक्षिक संस्था बन्द हुने समाचारमा उल्लेख छ । पत्रिकाले विद्यार्थीमा संक्रमण बढ्यो, फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य र बस्तीभरी हाई भोल्टेज लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ ।

नयाँ पत्रिका दैनिकले ‘कोरोना महामार: भारतीय बजार जान नेपालीलाई रोक’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा बाँके प्रशासनले नेपालीलाई बजार रुपैडियामा जान रोक लगाएपछि नेपालगञ्ज नाका सुनसान भएको समाचारमा उल्लेख छ । समाचारअनुसार रुपैडिया आउजाउ गर्दा सर्वसाधारणमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रशासनले गत शुक्रबारदेखि रोक लगाएको समाचारमा छापिएको छ ।

‘जनस्वास्थ्यमाथि गम्भीर खेलबाड : स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डविनै क्रिकेट मैदानमा दर्शक खचाखच’ शीर्षकको अर्को समाचार पनि छापेको छ । समाचारअनुसार कोरोनाको दोस्रो वेभले चौतर्फी सन्त्रास छ, संक्रमितको संख्या बढेको–बढ्यै छ र सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण उपाय अपनाउन आग्रह गर्दै आएको भएपनि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डका सबै मानक भत्काइयो । दर्शकको भिड गतिविधि हेर्दा लाग्थ्यो– नेपाल सम्पूर्ण रूपमा कोरोनमुक्त रहेको समाचारमा उल्लेख छ । पत्रिकाले कर्णाली प्रदेश मन्त्रिपरिषद् हेरफेर: नेपाल समूहका तीन सांसद मन्त्री, कांग्रेस पनि चाँडै सहभागी हुने, नयाँ गठबन्धनका लागि विपक्षी एक ठाउँ भएपछि एमसिसीमार्फत कांग्रेससँग सहकार्य गर्ने प्रधानमन्त्रीको योजना र काठमाडौंलाई तराई जोड्ने दुर्त मार्गको संसदीय समितिद्वारा संयुक्त अनुगमन लगायत शीर्षकका समाचार तथा विचार छापेको छ ।

‘मिलेमतोमा वारिबाट पारी मदिरा तस्करी’ शीर्षकको समाचार आजको नागरिक दैनिकले महत्वका साथ छापेको छ । समाचारमा भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परेका उल्लेख छ । पक्राउ परेका दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गरेको समाचारमा छापिएको छ । पत्रिकाले जसपामा सांसदको गणना सुरु, एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली र लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा लगायतका शीर्षकमा समाचार छापेको छ ।

आजको गोरखापत्र दैनिकले ‘मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि’ शीर्षकको समाचार छापेको छ । समाचारमा नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको समाचारमा उल्लेख छ । त्यसैगरी पत्रिकाले बढ्दै कोरोना सङ्क्रमित, भरिँदै अस्पताल , सीसीएमसीको बैठक सम्पन्न, कोरोना रोकथामबारे छलफल र ‘पीडित’ प्रेमको कर्णाली मार्गचित्र लगायत शीर्षकका समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…