Logo बैशाख ३०, २०७८ बिहीबार


मेडिकलबाटै लागुऔषध बिक्री, सञ्चालक पक्राउ

उदयपुर । मेडिकलबाटै लागुऔषध बिक्री गरेको आरोपमा बेलका नगरपालिका–१ आम्बासीस्थित ‘बेलका मेडिकल पोली क्लिनिक प्रालि’ का सञ्चालक पक्राउ परेका छन् ।

मेडिकलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको विशेष टोलीले शुक्रबार २६ वर्षीय सुबोध यादवलाई रंगेहात पक्राउ गरेको हो ।

सप्तरीको चिरहुत गाउँपालिका–२ मैनाकडेरी स्थायी घर भई आम्बासीमा औषधि व्यवसाय गर्दै आएका यादवको मेडिकलमा प्रहरीले खानतलासी लिँदा २ हजार ५ सय ४६ थान विभिन्न ४ खाले लागुऔषध र ३ किसिमका प्रतिबन्धित औषधिसमेत बरामद गरेको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…