Logo बैशाख ३०, २०७८ बिहीबार


बादल पुन: गृहमन्त्रीबन्दै, शपथ साँझ ५ बजे

काठमाडाैं । माओवादी केन्द्रले दलबाट निष्कासन गरेका रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रीमा आज पुनः सपथ लिने हुनुभएकाे छ । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उहाँले  पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लाग्नुभएकाे हाे  ।

आइतबार साँझ ५ बजे राष्ट्रपति भवन शीतल निवासमा उहाँकाे शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले गत चैत २७ गते उहाँलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गर्नुभएको हो ।

तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो। थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएको थियो । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले  एमाले रोज्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…