Logo बैशाख २८, २०७८ मंगलबार


रामबहादुर थापाको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ ।

एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रको सिफारिसमा थापा सासंद पदमुक्त भएको हो । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापाले एमालेको केपी शर्मा ओली पक्षलाई साथ दिनुभएको थियो ।

थापा २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीले लिखित स्पष्टीकरण माग गरे पनि नदिएको भन्दै थापाको पद रिक्त गराउन माओवादीले लिखित पत्र संसद सचिवालयमा दर्ता गराएको थियो । सोही अनुसार आजै संसद सचिवालयले थापाको पद रिक्त भएको सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …