Logo जेठ ३, २०७८ सोमबार


सर्वदलीय बैठकबारे डा.भट्टराईको गुनासो, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन’

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले सर्वदलीय बैठकमा नबोलाएकाले आफू नगएको आशय व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बैठकबारे आफू र जसपाको कार्यलयमा पनि कुनै आधिकारीक जानकारी नआएको उल्लेख गर्नुभएको हो ।

उहाँले नबोलाएसम्म कुकुर पनि कसैको घर जाँदैन भन्दै मिडियामा सुनेको भरमा सर्वदलीय बैठकका लागि भन्दै प्रधानमन्त्री कार्यलय नगएको उल्लेख गुर्नभएको छ । नेता भट्टराइले बैठक भनेकाे मिडियाबाटै सुनेकाे र मिडियाबाटै ‘एमसिसि बैठक बहिष्कार’ भन्ने कुरा सुनेकाे भन्दै व्यंग्य गर्नुभएकाे छ ।

उहाँ लेख्नुहुन्छ, ‘चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन रे । मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन। जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन। पछि मिडियाबाटै सुनियो एमसिसि बैठक बहिष्कार पो भएछ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…