Logo बैशाख २८, २०७८ मंगलबार


भारतमा एकैदिन १५ सय संक्रमितको मृत्यु

काठमाडौं । भारतमा एकै दिन एक हजार पाँच सय कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार पाँच सय संक्रमित थपिँदा एक हजार पाँच सय एक जनाको मृत्यु भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ७७ हजार एक सय ५० पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ४७ लाख ८८ हजार एक सय नौ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि संक्रमितको अवस्थामै रहेकाको संख्या भने १८ लाख एक हजार तीन सय १६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार चार सय २३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या एक करोड २८ लाख नौ हजार ६ सय ४३ पुगेको छ ।

भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …