Logo बैशाख २८, २०७८ मंगलबार


प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

मोरङ । प्रदेश १ प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्री शेरधन राईले सम्बोधन नगरि अन्त्य भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर बैठक शुरुहुनासाथ प्रतिपक्षी दलको अवरोधका कारण मुख्यमन्त्री राईले सम्बोधन गर्ने कार्यसूचिमा नै प्रवेश नगरी सभामुख प्रदिपकुमार भण्डारीले बैठक अन्त्य भएको घोषणा गर्नुभयो ।

सभामुख भण्डारीले बैठक शुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद आ–आफ्नो स्थानबाट उठेर बैठक अवरोध गरेका थिए । प्रतिपक्षी सांसदले प्रदेश १ सरकारले ल्याएको चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै माग पूरा नभएसम्म बैठक चल्न नदिने बताएका थिए ।

सभामुख भण्डारीले मुख्यमन्त्री राईले केही समयमानै सम्बोधन गर्ने भन्दै सबैलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दा समेत उनीहरुले अवरोध गरिरहेपछि सभामुखले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …