Logo बैशाख २८, २०७८ मंगलबार


थापा गृहमन्त्रीमा पुनःनियुक्त, साँझ ५ बजे सपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनुभएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुभएको हो ।

थापाले आज साँझ ५ बजे राष्ट्रपति भवनमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका थापाले माओवादी त्यागेर एमाले प्रवेश गरेपछि उहाँको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही पत्रको आधारमा संसद सचिवालयले आइतबार बिहान थापाको पद रिक्त भएको सूचना निकालेको थियो ।

थापालाई नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम गृहमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …