Logo बैशाख ३१, २०७८ शुक्रबार


नेप्से परिसुचक दाेहाेराे अंकले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको हो।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२९ ले घटेर ४८६.१६ मा ओर्लेको छ। कूल २०७ कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर रु आठ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय १५ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ३७ अर्ब ८२ करोड नौ लाख १० हजार बराबरमा रहेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर उकालो लागेको छ। सो उपसमूहको ०.०६ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ३३.२९, व्यापार १२५.३९, होटल तथा पर्यटन ९२.७९, विकास बैंक ४८.३, जलविद्युत् ३२.३८, वित्त १६.०६, निर्जीवन बीमा १८३.१९, उत्पादन ६७.८६, अन्य २१.०१, लघुवित्त ५०.३२, जीवन बीमा ११६.६२ र लगानी ०.४६ विन्दुले ओरालो लागेको छ।

कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८७ करोड ६२ लाख ९९ हजार २ सय ६८ बराबरको कारोबार भयो। यस्तै, एनआइसी एशिया लघुवित्त ५५ करोड ३२ लाख २७ हजार १ सय ८०, नेपाल पूर्वाधार बैंक २७ करोड ९८ लाख ५६ हजार ४३४, अरुण काबेली पावर २६ करोड ७७ लाख १८ हजार १ सय ७५, एनआइसी एशिया बैंक २६ करोड ३८ लाख ९७ हजार ७ सय ३०, कामना सेवा विकास बैंक २४ करोड ७२ लाख ५० हजार २ सय १०, नबिल बैंक २३ करोड ३४ लाख २१ हजार ४ सय १२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।

नेप्सेका अनुसार महिला लघुवित्त ९.९३, ज्योति लाइफ इन्स्योरेन्स ९.९१, दिव्यश्वरी हाइड्रोपावर ९.४५, नेपाल हाइड्रो डेभलपर ९.०३, एआरएन इन्फ्रास्टकचर ५.८६, जोशी हाइड्रोपावर ५.०७, अरुण काबेली पावर ४.४६, युनियन हाइड्रोपावर २.९९ र एचआइडिसिएलका लगानीकर्ताले २.९३ प्रतिशतले कमाएका छन्।

त्यस्तै, गुडविल फाइनान्स ५.०९, कर्णाली डेभलपमेन्ट बैंक ४.६३, सांग्रिला डेभलपमेन्ट बैंक ४.४५, ज्योति विकास बैंक ४.२६, मल्टिप्रर्पोज फाइनान्स कम्पनी ४.२४, ग्रीन डेभलपमेन्ट बैंक ३.९२ र गुह्यश्वरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…