Logo जेठ १, २०७८ शनिबार


विश्वभर १२ करोड ५ लाख संक्रमणमुक्त, ३० लाख ३२ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा १२ करोड पाँच लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा सम्ममा १२ करोड पाँच लाख १६ हजार ६४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १४ करोड १९ लाख ८७ हजार १० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ३० लाख ३२ हजार दुई सय पाँच जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८४ लाख ३८ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २४ लाख चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४९ लाख ६१ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८१ हजार ६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ५० लाख ५७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड २९ लाख ४८ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ७८ हजार सात सय ९३ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ४८ हजार ६ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७५ हजार तीन जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…