Logo बैशाख २८, २०७८ मंगलबार


आईपीएल: दिल्ली क्यापिटल्सको दोस्रो जित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले  दोस्रो जित हात पारेको छ । गएराति मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाउँदै १० बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो।

पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ६९ र कप्तान केएल राहुलले ६१ रन बनाएका थिए। दिल्लीका क्रिस ओक्स, लुकमान मरिवाला, कगिसो रबाडा र अभेस खानले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रन बनाउँदा पृथ्वी शले ३२, मार्कस स्टोइनिसले २७, रिशब पन्तले १५ र ललित यादवले १२ रन जोडे। पञ्जाबका लागि जे रिचर्डसनले २ विकेट लिँदा अर्शदीप सिंह र रिले मेरिडिथले समान १/१ विकेट लिए।

जारी सिजनमा तीन खेल खेलेको दिल्लीको यो दास्रो जित हो भने समान खेल खेलेको पञ्जाबको यो दोस्रो हार हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …