Logo बैशाख ३१, २०७८ शुक्रबार


‘मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन’

ताप्लेजुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ ।

दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो । आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोपसमेत लगाउनुभयो ।

पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा रहेको र त्यसतर्फ कांग्रेसको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । देशलाई संकटबाट जोगाउन यतिबेला कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको स्पष्ट पार्दै उहाँले सम्भव भए आफ्नै नेतृत्वमा सरकार निर्माण गरेर वा ताजा जनादेशमा गएर स्थिरता कायम गर्न पार्टी अग्रसर भएको बताउनुभयो ।

कांग्रेसका निम्ति अहिले नै सरकार निर्माण गर्ने कुरा महत्वको विषयमा नपरे पनि मुलुक र जनताको हितका लागि भने परिस्थिति निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…