Logo बैशाख ३१, २०७८ शुक्रबार


१३ करोड लगानीकाे ‘नेपाल पोर्ट’ ले चिनेन नक्कली पासपोर्ट

काठमाडौं । आइतबार जनतासमाचार डट्कम मा जसपामा दुई धार छुट्टिँदै, सांसदको हिसाब- किताब शुरु,चैते दशैंमा सार्वजनिक बिदा (सूचनासहित), पाथीभरा दर्शनमा गएका बालकको मृत्यु र नेकपा एमाले काभ्रे जिल्ला कमिटी विस्तार लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए।

सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरुले एकै दिन हजार बढी संक्रमित, उपनिर्वाचनको तयारीमा आयोग, ६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन र आठ लाख भूमिहीन लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको कान्तिपुर दैनिक ले संक्रमण दर १९ प्रतिशत पुग्याे’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा कोरोना संक्रमित हुने दर झन्डै १९ प्रतिशत पुगेको उल्लेख छ । समाचारअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको समाचामा छापिएको छ ।

त्यसैगरी पत्रिकाले ‘अस्पताल भरिन लाग्दा तयारी सुस्त’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा कोरोना संक्रमणको दर तीब्र गतिमा बढे पनि नियन्त्रण र उपचारका लागि तयारी हुन नसकेको उल्लेख छ । भारतमा तीव्र गतिमा बढेको संक्रमणले सबैजसो प्रदेश प्रभावित भए पनि रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नु पर्नै तयारी सुस्त भएको समाचारमा छापिएको छ । पत्रिकाले विद्यालय बन्द गराउँदै स्थानीय तह, ‘सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं’, पराराष्ट्र नीतिप्रति सांसदहरु असन्तुष्ट र नेपाल पस्त खोज्ने दुई चिनियाँ पक्राउ लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ ।

नयाँ पत्रिका दैनिकले ‘विमानस्थल अध्यागमनले चिनेन नक्कली पासपोर्ट’ शीर्षकको समाचार छापेको छ । समाचारमा दुई बंगलादेशी नागरिकले नक्कली पासपोर्ट प्रयोग गरेर यात्रा गर्दा पनि ‘नेपाल पोर्ट’ले पहिचान गर्न नसकेको उल्लेख छ । समाचारअनुसार १३ करोड लगानी गरेर सुरु गरिएको ‘नेपाल पोर्ट’ नामक नयाँ प्रणालीपछि पनि अध्यागमनमा हुने बेथिति नरोकिएको समाचारमा छापिएको छ ।

त्यसैगरी ‘बालबालिका जोखिममा, अभिभावक अन्योलमा, सरकार अनिर्णयमा’ शीर्षकको अर्को समाचारमा पत्रिकाले महत्वका साथ छापेको छ । समाचारमा कोरोना संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द गर्नेबारे सरकारको ठोस निर्णय नआउँदा सञ्चालकदेखि अभिभावकसम्म अन्योलमा परेका उल्लेख छ । पत्रिकाले सूर्य चिह्नसहित आधिकारिता माग्दै निर्वाचन आयोग पुग्यो खनाल–नेपाल समूह, भोकले भारत पठायो, रोगले फेरि फर्कायो र आयोगले निर्णय नदिए आवश्यक कदम चाल्छौँ स् राजेन्द्र पाण्डे लगायत शीर्षकका समाचार तथा विचार छापेको छ ।

‘सहज छैन विप्लव कार्यकर्ताको रिहाइ’ शीर्षकको समाचार आजको नागरिक दैनिकले महत्वका साथ छापेको छ । समाचारमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका उल्लेख छ । पत्रिकाले संक्रमण लहरो पारिबाट वारि, अझै टुंगिएन कांग्रेसमा किचलो र बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो लगायतका शीर्षकमा समाचार छापेको छ ।

आजको गोरखापत्र दैनिकले ‘फेरि महँगियो खाने तेल: वाणिज्य विभाग बेखबर’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको उल्लेख छ । समाचारअनुसार बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको समाचारमा छापिएको छ । त्यसैगरी पत्रिकाले हजारभन्दा बढी संक्रमित, नयाँ सरकारको सम्भावना छैन, मित्र राष्ट्रसँग सन्तुलित नीति छु र हुर्कंदै पुष्पा र अञ्जलि लगायत शीर्षकका समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…