Logo बैशाख २८, २०७८ मंगलबार


देशभरका शिक्षण संस्था बैशाखभर बन्द गर्ने सरकारको निर्णय, अरु कुन कुन क्षेत्र बन्द ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरी क्षेत्रमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने भए पनि बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

आज बसेको मन्त्रीपरिषद वैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुसमा पनि रोक लगाउने निर्णय गरेको छ । यस्तै दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । त्यसैले नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजका बाँकी प्रतियोगिताहरु दर्शकबिना सन्चालन हुनेछन् ।

सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …