Logo बैशाख ३१, २०७८ शुक्रबार


डोटीका आठ पालिका दमकल विहीन

डोटी । यहाँका आठ पालिकाले अहिलेसम्म बारुण यन्त्र (दमकल) किन्न सकेका छैनन् ।

सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको यहाँ आठ स्थानीय तहसँग दमकल छैनन् । यहाँका पालिकामा रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ ।

पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का बासिन्दा रोजबहादुर कलेलले आरोप लगाउनुभयो ।

दिपायल सिलगढी नगरपालिकामा दुई दमकल भए पनि एक वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्कीएको छ । दुई वर्ष पहिले किनिएको एउटा दमकलले काम चलाउँदै आइएको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिका बाहेक अरु स्थानीय तहसँग दमकल छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…