Logo बैशाख २८, २०७८ मंगलबार


दिल्लीमा एक साता लकडाउनको घोषणा, काठमाडौंमा पनि संकेत

काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुमा प्रसारित समाचार अनुसार एक साता लकडाउनको घोषणा गरिएको जानकारी मुख्यमन्त्री अरविन्द केजरीवालले दिएका हुन् ।
नयाँ दिल्लीलगायत भारतको मुख्य शहरमा कोरोना संक्रमणको अवस्था तीव्र रुपमा बढिरहेको छ । सर्वसाधारणमा कोरोना संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएको केजरीवालको भनाइ छ । उहाँले सर्वसाधारणलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ।

दिल्लीमा दैनिक २५ हजारभन्दा बढीमा दैनिक कोरोना संक्रमण फैलिन थालेपछि लकडाउन गर्न बाध्य भएको केजरीवालले बताउनुभएको छ।
यस्तै, नेपालमा पनि दैनिक कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गइरहेको छ । हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

कोरोना संक्रमण तीव्र भएसँगै काठमाडौं उपत्यकालगायत मुख्य शहरहरुमा विद्यालय बन्द गर्ने निर्णय आजको मन्त्रिपरिषदको बैठकले गरिसकेको छ । संक्रमणको दर बढ्दै गएमा लकडाउन गर्नुपर्ने अवस्थासमेत आउन सक्ने बालुवाटार स्रोतकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …