Logo बैशाख २८, २०७८ मंगलबार


एसएलसीकाे प्रमाणपत्र किर्ते गर्ने पक्राउ

काठमाडाैं । एसएलसीको प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको निमित्त एसएलसिको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई सोही किर्ते मार्कसिटको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्विकृती लिएका र हाल विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा न्यूरो हस्पिटल बिराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाष प्रसाद साह, दिर्घायू गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेश कुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरु सँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारस्थित ज्योतिदिप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि प्रक्राउ गरिएको उहाँले बताउनुभयो । प्रक्राउ परेकाहरुलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …