Logo बैशाख २८, २०७८ मंगलबार


सार्वजनिक यातायातका यात्रु र चालकलाई मास्क अनिवार्य, पूर्व निर्धारित परीक्षाहरु नरोकिने

काठमाडौं । सरकारले सार्वजनिक यातायातका यात्रु र चालकलाई मास्क अनिवार्य गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने व्यवस्था पनि गरिएको छ ।

यस्तै पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …