Logo बैशाख २८, २०७८ मंगलबार


गायक एवं सामाजिक अभियान्ता सदाकाे निधन

रामभरोषी यादव

सिरहा। गायक तथा स्थानीय सामाजिक अभियान्ता गुरूसरण सदाको निधन भएको छ ।

गोलबजार नगरपालिका–६ का स्थानीय ३३ वर्षीय सदाको आज बिहान निधन भएको हो ।

लामो समयदेखि सामाजिक तथा सांगीतिक क्षेत्रमा कृयाशिल सदा घरमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा निधन भएको उहाँका जेठान अरूण सदाले बताउनुभयो । पछिल्लो तीन÷चार दिनदेखि सदा बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याबाट पीडित थिए ।

सदालाई अचानक स्वासप्रस्वासमा समस्या भएलगतै उपचारका लागि गोलबजार स्थित भूमिजा हस्पिटलमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै निधन भएको जेठान सदाले बताउनुभयो ।

स्वर्गीय सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा समेत सक्रिय थिए । उनले दर्जनबढी मैथली तथा नेपाली गीतको लेखन, गायन र अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …