Logo बैशाख २८, २०७८ मंगलबार


भारतीय ट्रकको ठक्करबाट १ को मृत्यु

झापा । मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय ट्रकको ठक्करबाट एकको ज्यान गएको छ । सोमबार ट्रकको ठक्करबाट साइकल यात्री मनोज मेचेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार घर नजीकको एनएमसी डेरीमा दही किनेर साइकलमा फर्किंदै गरेका ३० वर्षीय मेचेलाई डब्ल्युबी ७३ बी ३३२४ नंको भारतीय ट्रकले बिहान साढे ९ बजेतिर ठक्कर दिएको थियो ।

ट्रकको ठक्करले सख्त घाइते भएको अवस्थामा मेचेलाई उद्धार गरी प्रहरीले आफ्नै भ्यानमा राखेर उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल पु¥याएको थियो । हस्पिटलमा पु¥याउने बित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न ट्रकलाई इप्रका काँकडभिट्टामा राखिएको छ भने चालक फरार भएका छन् । प्रहरीले फरार चालकको खोजतलास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …