Logo बैशाख २८, २०७८ मंगलबार


विश्वभर १२ करोड ११ लाख संक्रमणमुक्त, ३० लाख ४२ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा १२ करोड ११ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा सम्ममा १२ करोड ११ लाख ८७ हजार नौ सय ७३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १४ करोड २६ लाख ८६ हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ३० लाख ४२ हजार आठ सय ४३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८४ लाख ५५ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २४ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ५० लाख ३९ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८१ हजार पाँच सय ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ५३ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ३१ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८० हजार पाँच सय ५० जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८५ हजार नौ सय जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७५ हजार पाँच सय ५५ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …