Logo बैशाख २७, २०७८ सोमबार


मंगल ग्रहमा हेलिकप्टरको सफलतापूर्वक उडान

अमेरिकाको स्पेस एजेन्सी (नासा) ले मंगल ग्रहमा हेलिकप्टरको सफलतापूर्वक उडान सम्पन्न गरेको छ । एजेन्सीले धेरै पहिलेदेखिको आफ्नो सपना पुरा भएको जनाएको छ ।

इन्जुनेटी नाम दिइएको हेलिकप्टर मंगल ग्रहमा एक मिनेटभन्दा कम समय उडेको जनाइएको छ । यससँगै नासाले अर्को विश्वमा पहिलो पटक हेलिकप्टरबाट नियन्त्रित उडान गराउन सकेको भन्दै उत्सव मनाइरहेको छ । मंगल ग्रहमा हेलिकप्टर उडेको जानकारी मंगल ग्रहमा रहेको सेटलाइटमार्फत आएको हो ।

नासाले यस्तै साहसिक उडान अझै धेरै गर्दै जाने जनाएको छ । इन्जुनेटीलाई अझै माथिसम्म उडाउनको लागि प्रयास गरिने पनि बताइएको छ । इन्जिनियरहरुले अहिले प्रविधिको सीमितताबारे पनि परिक्षण गरेका छन् ।

मंगल ग्रहमा धेरै पहिलेदेखि नै वैज्ञानिकहरुले उडानको लागि प्रयास गरेको भए पनि अहिले आएर पुरा भएको नासाले प्रष्ट पारेको छ । मंगल ग्रहमा गरिएको उडानलाई पृथ्वीमा राइट ब्रदर्सले सन् १९०३ मा गरेको उडानसँग तुलना गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …