Logo बैशाख २८, २०७८ मंगलबार


राप्रपाको महाधवेशन सर्‍यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा गर्न आयोजना गर्ने गरि सरेको हो ।

सोमबार बसेको राप्रपा केन्द्रीय सचिवालयको कार्य व्यवस्था समिति बैठकले महाधिवेशन कार्यतालिका परिवर्तन गरेको हो । सक्रिय सदस्यता वितरण तथा स्थानीय तहहरूमा हुने पार्टी संरचनाको अधिवेशनका लागि समय अपुग भएपछि महाधिवेशन कार्यतालिका परिवर्तन गर्नुपरेको राप्रपाले जनाएको छ ।

राप्रपाका अनुसार जेठ २२ देखि २५ सम्म काठमाडौंमा महाधिवेशन हुनेछ । बैठकले सक्रिय सदस्यता वितरण गरिसक्ने म्याद वैशाख मसान्तसम्म दिने निर्णय पनि गरेको छ । वडादेखि जिल्लासम्मका अधिवेशन वैशाख मसान्तभित्र गरि सक्नुपर्ने राप्रपाको निर्देशन छ ।

पार्टीको महाधिवेशनमा यो पटक ४ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि हुने जनाइएको छ । प्रतिनिधिले नै राप्रपाको केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय समिति चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …