Logo बैशाख २८, २०७८ मंगलबार


जब विवाहकै ‘ड्रेस’ मा दुलही कोरोनाविरुद्धको खोप लगाउन पुगिन्

एजेन्सी । अमेरिकामा एक युवती विवाहको कपडा लगाएर कोरोना भाइरस विरुद्धको खोप लगाउन गएकी छन् । अमेरिकाकी बाल्टीमोरकी सारा स्टडली नामकी युवती विवाहको कपडामा नै कोरोनाविरुद्धको खोप लगाउन अस्पताल पुगेकी हुन् ।

उनले आफ्नो विवाहको रिसेप्सन पार्टीमा लगाउन कपडा तयार गरेकी थिइन् । रिसेप्सनको सम्पूर्ण तयारी पूरा भएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण उनको रिसेप्सन पार्टी रोकियो । रिसेप्सन पार्टी रोकिएपछि सारा रिसेप्सनका लागि तयार गरेको कपडा (गाउन) लगाएरै कोरोना विरुद्धको खोप लगाउन गएकी हुन् ।

जे कामको लागि उनले कपडा तयार गरेकी थिइन् त्यो नभएपछि उनलाई कपडा आलमारीमा थन्काएर लगाउन मन लागेन । उनले कोरोना भाइरसका कारण रिसेप्सन रोकिएको र कपडा लगाउन नपाएपछि उनले कोरोनाविरुद्धको खोप लगाउन जाँदा उक्त कपडा लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेको पाइन्छ ।

उनको तस्बिर र तारिफ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …