Logo बैशाख २९, २०७८ बुधबार


नेकपा एमालेको ७२ औं स्थापना दिवसका कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमालेको ७२ औं स्थापना दिवसको कार्यक्रम स्थगित भएको छ ।

वैशाख ९ का लागि तय भएको स्थापना दिवस कार्यक्रम स्थगित गरिएको एमाले खनाल–नेपाल समूहको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको हो । आज एक विज्ञप्ति जारी गरि कोरोना भाइरसको बढ्दो संक्रमण र सरकारले दिएका स्वास्थ्य निर्देशनहरुलाई मध्यनजर गरि पार्टी स्थापना दिवसका कार्यक्रमहरु स्थगित गर्ने निर्णय भएको जानकारी गराइएको हो । नेकपा एमाले को एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं भन्ने नाराका साथ वैशाख ९ गते देशव्यापी कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको थियो ।

गत २०७८ वैशाख ६ गतेको मन्त्रिपरिषद वैठकले २५ जनाभन्दा बढी जमघट गर्न नपाइनेसहित विभिन्न स्वास्थ्य मापदण्ड बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…