Logo बैशाख ३१, २०७८ शुक्रबार


आइपीएल: दिल्लीको तेस्रो जित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । चेन्नईको चिदमबरम स्टेडियममा मंगलवार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाउँदा इशान किशानले २६ रन बनाएका थिए। त्यस्तै, सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन जोडे। दिल्लीका लागि अमित मिश्राले सर्वाधिक ४ विकेट लिँदा अभेस खानलेले २ तथा मार्कस स्टोइनिस, कगिसो रबाडा र ललित यादवले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा स्टिभ स्मिथले ३३, ललित यादवले २२ र शिम्रोन हेटमायरले १४ रन जोडे।

मुम्बईका लागि जयन्त यादव, जसप्रित बुमराह, राहुल चहर र काइरोन पोलार्डले १/१ विकेट लिए। जारी सिजनमा चार खेल खेलेको दिल्लीको यो तेस्रो जित हो भने समान खेल खेलेको मुम्बईको यो दोस्रो हार हो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…