Logo ८ श्रावण २०७८, शुक्रबार


टाउकोमा धमिरा लागेको अवस्थामा महिलाको शव फेला

डोटी । दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको शव गए राति फेला परेको हो । उहाँका अनुसार शव भेटिएपछि गए रातिदेखि प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोली घटनास्थलमै शव कुरेर बसेको छ ।

महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ । घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ ।

शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…